Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पेट्रोलियम पदार्थको मूल्यबृद्धि

    इन्धनमा कोटा तोक्न, सवारीमा जोर-बिजोर लगाउन र भारतीय सवारीलाई इन्धन भर्न नदिन संसदिय समितिको निर्देशन

    इन्धनमा कोटा तोक्न, सवारीमा जोर-बिजोर लगाउन र भारतीय सवारीलाई इन्धन भर्न नदिन संसदिय समितिको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । संसदीय समितिले इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र जटिलतातर्फ अघि बढेको भन्दै पेट्रोलियम पदार्थको खपत घटाउन इन्धनमा कोटा तोक्नेदेखि भारतीय सवारीलाई पेटोलियम पदार्थ भर्न नदिनेसम्मको काम गर्न सरकारलाई निर्देशन दिएको छ ।

    प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बुधबार बसेको बैठकले खपत घटाउने गरी काम गर्न विभिन्न निर्देशन दिएको हो ।



    समितिले सवारी साधनमा जोर÷बिजोर प्रणाली लागू गर्ने, इन्धन बिक्रीमा कोटा तोक्ने र भारतीय सवारी साधनलाई नेपालमा इन्धन भर्न रोक लगाउनेसम्मको उपाय अबलम्बन गर्न निर्देशन दिइएको छ । उनले त्यसैगरी समितिले निगमले पम्पहरुलाई दिने तेल कटौती गर्र्न र पेट्रोलको कर पनि घटाउन पनि निर्देशन दिएको छ ।



    बढ्दो मूल्यकै कारण पेट्रोलियममा दैनिक सवा अर्ब रुपैयाँ बाहिरिन थालेपछि खपत घटाएर अर्थतन्त्र जोगाउन यस्ता निर्देशन दिइएको समिति सभापति बिमल श्रीवास्तवले बताए ।

    कोरोना कालमा जनता बचाउन जोर–बिजोर लगाएको भन्दै अब अर्थतन्त्र बचाउन जोर–बिजोर लगाउनु पर्ने उनको धारणा थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार