Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • अघिल्लो वर्षको तुलनामा २०.६८ प्रतिशतसम्म मूल्यबृद्धि, यस्तो छ राष्ट्र बैंकको पछिल्लो तथ्यांक (पूर्णपाठ)

    अघिल्लो वर्षको तुलनामा २०.६८ प्रतिशतसम्म मूल्यबृद्धि, यस्तो छ राष्ट्र बैंकको पछिल्लो तथ्यांक (पूर्णपाठ)

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । मुलुकको आर्थिक तथा वित्तीय स्थिति लगातार खस्किँदै सबै सूचकहरु नकारात्मक विन्दूमा झरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

    नेपाल राष्ट्र बैंकले वर्तमान सरकार गठनपछिको पछिल्लो सात महिनाको तथ्यांकमा आधारित विवरण सार्वजनिक गर्दै अर्थतन्त्र निराशाजनक रहेको देखाएको हो ।



    राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ठिक यतिबेला वैदेशिक रोजगारीमा जानेको संख्या ८५ प्रतिशतले घट्दा रेमिट्यान्स भने बढेको थियो । तर यस वर्ष अघिल्लो वर्षको तुलनामा करिब ५ प्रतिशतले घटेको छ ।



    सुरुको सात महिनामा ५ खर्ब ४० अर्ब १२ करोड रेमिट्यान्स भित्रिएको छ । गत वर्ष यहि अवधिमा अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स १०.९ प्रतिशतले बढेको थियो ।

    शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुको सात महिनामा गत वर्षको तुलनामा निर्यात ८८.३ प्रतिशतले बढेको जनाएको छ । गत वर्ष, यस अवधिमा अघिल्लो वर्षको तुलनामा निर्यात वृद्धिदर ७.६ प्रतिशत मात्र रहेको थियो ।

    शुक्रबार तथ्यांक सार्वजनिक गर्दै राष्ट्र बैंकले आयात पनि ४२.८ प्रतिशले बढेको उल्लेख गरेको छ। पछिल्लो सात महिनामा एक खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँको निर्यात भएको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकका अनुसार वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो, जुसलगायत वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडिबुटी, तार, तामाको तारलगायत वस्तुको निर्यात घटेको छ ।

    रेमिट्यान्स भने ४.९ प्रतिशतले घटेको छ। बैंक तथा वित्तिय संस्थाको निक्षेप संकलन ३.६ प्रतिशतले बढेको र निजी क्षेत्रमा कर्जा प्रवाह १२.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

    ५.९७ प्रतिशत मूल्यवृद्धि
    गत माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर थप बढेको पनि बैंकले जनाएको छ । पुस महिनामा ५.६५ प्रतिशत रहेको मूल्य वृद्धिदर (मुद्रास्फीति) माघमा ५.९७ प्रतिशत पुगेको हो ।

    नेपाल राष्ट्र बैंकका अनुसार माघ, २०७७ मा यस्तो मूल्य वृद्धिदर २.७० प्रतिशत थियो । त्यतिबेला खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ६.०० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ५.९६ प्रतिशत थियो ।

    माघ २०७७ को तुलनामा माघ २०७८ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि क्रमशः २०.६८ प्रतिशत, १४.०७ प्रतिशत र ९.३६ प्रतिशत छ ।

    गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र फर्निसिङ तथा घरायसी सामग्री उपसमूहको मूल्य वृद्धिदर क्रमशः १५.८७ प्रतिशत, ७.८६ प्रतिशत र ५.९२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

    समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ५.३२ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत मूल्यवृद्धि भएको छ । २०७७ माघमा यी क्षेत्रहरुमा क्रमशः २.१२ प्रतिशत, २.७८ प्रतिशत, ३.३० प्रतिशत र २.०५ प्रतिशत मूल्यवृद्धि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार