Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • निजी सवारीमा लगाइएको जोरबिजोर प्रणाली आइतबारदेखि हट्ने !

    निजी सवारीमा लगाइएको जोरबिजोर प्रणाली आइतबारदेखि हट्ने !

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । काठमाडौं उपत्यकामा चल्ने निजी सवारी साधनका लागि लगाइएको जोर-बिजोर प्रणाली आइतबारदेखि हट्नसक्ने देखिएको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमणको दरमा निरन्तर कमी आउन थालेपछि आगामी आइतबारदेखि जोर-बिजोर प्रणाली हट्नसक्ने देखिएको हो ।

    यसअघि सरकारले संक्रमण दर उच्च रहेको भन्दै गत माघ ८ गतेदेखि उपत्यकाभित्र चल्ने सबै प्रकारका सवारीमा जोर-बिजोर लागू गरेको थियो । तर पछि जोर-बिजोरले नै भीडभाड बढाएको भन्दै सर्वत्र आलोचना भएपछि  १४ माघदेखि ट्याक्सीबाहेकका सार्वजनिक यातायातमा जोर-बिजोर हटाइएको थियो।



    जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार पर्सि आइतबार सिसिएमसीको बैठक बस्ने तयारी भएको छ ।  उक्त बैठकले जोरबिजोर प्रणालीबारे छलफल गर्ने छ। संक्रमण दरलाई हेरेर जोर-बिजोरबारे नयाँ निर्णय लिइने बुझिएको छ।



    स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आज शुक्रबार ११ हजार ७३ जनाको परीक्षण गर्दा जम्मा २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको छ। त्यो भनेको २२.८१ प्रतिशत संक्रमण दर हो । जबकि अघिल्लो साता संक्रमण दर ५० प्रतिशतसम्म पुगेको थियो।

    यस्तै, मन्त्रालयको तथ्यांक अनुसार काठमाडौँ उपत्यकामा अघिल्लो हप्ताको तुलनामा निकै कम संक्रमितहरु थपिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार