Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा

    फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा

    अनलाइन नेपाल
  • मंगलबार, १५ असार २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

    गएराति रोमानियामा भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।



    खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । तर, केलियन एम्बाप्पे पेनाल्टीमा गोल गर्न सकेनन् ।



    स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे । विश्व विजेता फ्रान्स अन्तिम १६ बाटै बाहिरिएको छ ।

    अब स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार