Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • देशभर मौसममा बदली, भारी वर्षाको सम्भावना

    देशभर मौसममा बदली, भारी वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बुधबार, १६ असार २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । देशभरको मौसम आज सामन्यदेखि पूर्ण बदली रहेको छ । केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मनसुनी वायुको सक्रिय प्रभाव रहेको मौसमविदले बताएका छन् । तराई भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले पनि मौसम थप प्रभावित भएको छ ।



    अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
    बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।



    प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।

    यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

    यसैबिच पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार