Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिआईबीद्वारा बैंकिङ कसूरमा ९२ लाख जरिवाना ठहरपछि फरार शक्ति भुजेल पक्राउ

    सिआईबीद्वारा बैंकिङ कसूरमा ९२ लाख जरिवाना ठहरपछि फरार शक्ति भुजेल पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २० असार २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो(सिआईबी)ले बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरी  अदालतमा बुझाएको छ ।

    सिआईबीले उच्च अदालत पाटनको फैसलाले १४ दिन कैद र ९२ लाख रुपैयाँ जरिवाना  ठहर भएर फरार हुँदै आएका मोरङ घर भई काठमाडौँको बालाजु बस्ने शक्ति भुजेललाई आज  पक्राउ गरेको हो ।



    भुजेललाई काठमाडौँको बोहोराटारबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि  ललितपुर जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ ।



    भुजेल विसं २०७६ मा विभिन्न व्यक्तिलाई अष्ट्रेलिया पठाइदिन्छु भनी रकम लिएको र पर्याप्त मौज्दात नहुँदानहुँदै पनि पीडितलाई चेक काटेर दिएका थिए ।

    उनले दिएका चेक बाउन्स भएकाले बैंकिङ कसूर तथा सजाय ऐन अन्तरगत सजाय हुने फैसला भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार