Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कोकाकोलाको भारत र पश्चिम एसिया उपाध्यक्षमा देवयानी राणा नियुक्त

    कोकाकोलाको भारत र पश्चिम एसिया उपाध्यक्षमा देवयानी राणा नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, २१ असार २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता पशुपति शमशेर राणाकी छोरी देवयानी राज्यलक्ष्मी बहुराष्ट्रिय कम्पनी कोकाकोलाको उपाध्यक्ष नियुक्त भएकी छिन् ।

    तत्कालीन युवराज दीपेन्द्र शाहसँग नाम जोडिएर दरबार हत्याकाण्डताका निकै चर्चामा आएकी देवयानी राणालाई कोकले भारत र पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार तथा दीगोपना मामिला उपाध्यक्ष नियुक्त गरेको हो ।



    बहुराष्ट्रिय कम्पनीको उच्च पदमा पुग्ने सीमित नेपालीहरूमा राणाको नाम दर्ज भएको छ । उनीसँग सरकार तथा व्यावसायिक मामिलामा साढे दुई दशकभन्दा लामो समय काम गरेको अनुभव छ ।



    २५ वर्षको कार्यानुभव भएकी राणाले यसअघि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी); स्वाब फाउण्डेशसन, जेनेभा तथा वर्ल्र्ड इकोनोमिक फोरममा काम गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार