Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • म्याद सकिएको एटीएम कार्डबाट ३४ लाख निकालियो, दुई जना पक्राउ

    म्याद सकिएको एटीएम कार्डबाट ३४ लाख निकालियो, दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २१ असार २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । काठमाडौंमा म्याद सकिएको एटीएम कार्ड प्रयोग गरेर ३४ लाख ३५ हजार रुपैयाँ झिकेको पाइएको छ ।

    प्रहरीले उक्त घटनामा संलग्न सोलुखुम्बु र पर्सा घर भई काठमाडौँ भत्केको पुल बस्ने जगतबहादुर गुरुङ र सावित्री गुरुङलाई पक्राउ गरेको छ ।



    प्रहरीका अनुसार उनीहरुले म्याद सकिएको एटीएम कार्ड प्रयोग गरेर सिद्धार्थ बैंकको विभिन्न एटीएम मेसिनबाट रकम निकालेको अनुसन्धानमा खुल्न आएको छ ।



    उनीहरुले झिकेको रकममध्ये प्रहरीले २१ लाख रुपैयाँ फेला पारेको  छ । साथै, उनीहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जगतले ४ दिनको अवधिमा ३४ लाख ३५ हजार रकम निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    जगतले एटीएमबाट निकालेको रकममध्ये १० लाख ५० हजार प्रेमिका सावीत्री गुरुङको नाममा राखेको खुलेको छ ।

    ४ दिनसम्म लागातार ‘डेट एक्सपायर’ भएको एटीएमबाट रकम निस्कदासमेत सिदार्थ बैंकले थाहा नपाउनुलाई अचम्मका रुपमा हेरिएको छ।

    जगतबहादुर  र सावित्रीले त गलत काम गरे तर बैंकले भने प्राविधिक समस्याको कारण देखाएर आफ्नो गल्तीलाई लुकाउन खोजेको देखिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार