Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भट्ट दाजुभाईद्वारा हिमालयन पुनर्बीमा कम्पनीमा अर्बौ चलखेल, लाइसेन्स रोक्न पाँच विद्यार्थी संगठनको माग

    भट्ट दाजुभाईद्वारा हिमालयन पुनर्बीमा कम्पनीमा अर्बौ चलखेल, लाइसेन्स रोक्न पाँच विद्यार्थी संगठनको माग

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 2.6K
    SHARES

    काठमाडौँ। बिमा समितिले सेटिङका आधारमा दिएको  हिमालयन पुनर्बीमा कम्पनीको लाइसेन्स रोक्न पाँच विद्यार्थी संगठनहरूले सरकार समक्ष माग गरेका छन्।

    हिमालयन पुनर्बीमा  कम्पनीलाई लाइसेन्स दिँदा समितिले विधि र प्रक्रिया मिचेको उनीहरूले आरोप लगाएका छन्।



    विद्यार्थी संगठनहरूले यो प्रकरणमा अर्बौँको आर्थिक चलखेल भएकोले पुनर्बीमा कम्पनीको लाइसेन्स प्रक्रिया तुरुन्त रोक्न र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।



    यसरी प्रेस नोट जारि गर्ने संगठनहरूमा नेपाल विद्यार्थी संघ , अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँ रहेका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीनिकट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र उनका भाई बिचौलियाका रुपमा परिचित दिपक भट्टले केही व्यापारीसँगको साँठगाँठमा यो ‘डिल’ गरेको स्रोतको दाबी छ ।

    सुरक्षा निकायमा हतियार खरिदको घोटालामा मुछिँदै आएका दिपक भट्टले   हिमालयन पुनर्बीमा कम्पनीको लाइसेन्स दिलाउने क्रममा अर्बौ आर्थिक चलखेल गरेको र त्यसका लागि उनले दाजु सुशीललाई प्रयोग गरेको एक विमा कम्पनीका संचालकले दाबी गरेका छन्।

    अनुमति पाएको हिमालयन रि–इन्स्योरेन्स १० करोड कित्ताको कम्पनी भएकाले प्रतिकित्ता १ सय रुपैयाँमा थप १० रुपैयाँका दरले अतिरिक्त रकम उठाउँदा एक अर्ब रुपैयाँ हुन्छ। कम्पनीको मूल्य उच्च भएकाले लगानीकर्ता पनि प्रतिकित्ता थप रकम बुझाउन सहजै भएका हुन ।

    निजी क्षेत्रका व्यवसायीले १ अर्ब रुपैयाँ बुझाउने प्रतिबद्धतासहित केही पेस्की रकम बुझाएपछि लाइसेन्स दिइएको समाचार बाहिर आएको थियो ।

    बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल समेत यो खेलमा संलग्न रहेको बुझिएको छ। सिलवालकै योजनामा एकातिर मूल्यांकन क्राइटेरिया पनि सार्वजनिक गरिएन भने अर्कोतिर प्रतिस्पर्धाबाट कम्पनी छनोट गर्दा बन्द सूची बुझाउने कम्पनीको रोहबरमा सिलबन्दी खोल्नुपर्ने भए पनि त्यसो नगरिएको प्रतिस्पर्धी कम्पनीको भनाइ रहेको छ । छनोट प्रक्रिया नै अपारदर्शी रहेको हुँदा सिलवाल बिना यो काम हुन नसक्ने देखिन्छ।

    बिमा समितिले पुनर्बिमा कम्पनीका लागि आह्वान गरेको सूचनामा पाँच कम्पनी प्रतिस्पर्धामा थिए। हिमालयनसहित प्रुडेन्सियल रि–इन्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाडौं रि–इन्स्योरेन्स र जेन्युन रि–इन्स्योरेन्सले पनि आवेदन दिएका थिए। अन्य कम्पनीका सञ्चालकले पनि चलखेल गरेका थिए । तर, उनीहरुको प्रयास सफल हुन पाएन

    हिमालय रि–इन्स्योरेन्सको लाइसेन्स प्राप्त गर्न केही चलेका व्यापारिक समूहले नेतृत्व गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार