Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भट्ट र अग्रवालको योजनामा कालो धनलाई सेतो बनाउन अर्थमन्त्री नै सक्रिय

    भट्ट र अग्रवालको योजनामा कालो धनलाई सेतो बनाउन अर्थमन्त्री नै सक्रिय

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 6.3K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बजेटमा लगानीमा स्रोत नखोज्ने ब्यवस्था राखेपछि कालो धनलाई सेतो बनाउन खोज्नेहरु उत्साहित भएका छन् । अर्थमन्त्री शर्माले विवादास्पद ठेकेदार दीपक भट्ट र सुलभ अग्रवालको सल्लाहमा कालोधनलाई सेतो बनाउनेगरी लगानीमा स्रोत नखोज्ने बुँदा बजेटमा राखेको अर्थमन्त्रालयको उच्च स्रोत बताउँछ । दीपक भट्ट र सुलभ अग्रवालले नै अर्थमन्त्री शर्मालाई लगानीमा स्रोत नखोज्ने ब्यवस्था गर्नका लागि सल्लाह दिएको र त्यसबापत आकर्षक लाभको प्रस्ताव राखेपछि बजेटमा नै कालोधनलाई सेतो बनाउनेगरी ब्यवस्था गरिएको हो, अर्थका एक अधिकारीले भने ।

    दीपक भट्टसँग मन्त्री शर्माको ऊर्जामन्त्री हुँदादेखिकै कनेक्सन थियो । ऊर्जामन्त्री हुँदा शर्माले नै बुढीगण्डकी आयोजनाको अनुमति विना प्रतिस्पर्धा भट्टको चाइना गेजुवालाई दिएका थिए । जुन अनुमति पछि शेरबहादुर देउवा सरकारले रद्द गरेको थियो । दीपक भट्टले दाजु सुशील भट्टलाई लगानीबोर्डको अध्यक्ष बनाएका छन् । चिनियाँ सहित अन्य विदेशी लगानीका लागि आउनेहरुले दीपक भट्टसँग सेटिङ नमिलाई नेपालमा लगानी गर्न नै नसक्ने अवस्था उनले सृजना गरेका छन् । केपी शर्मा ओली सरकारसँग राम्रो सम्बन्ध बनाएका भट्टले दाजुलाई लगानी बोर्डमा नियुक्त गराए भने देउवा सरकार आएपछि अर्थमन्त्री जनार्दन शर्मासँगको कनेक्सनले कालोधनलाई सेतो बनाउने ब्यवस्था बजेटमै राख्न लगाएका छन् ।



    १२ सय मेघावाटको मुलुककै सबैभन्दा ठूलो बुढीगण्डकी आयोजनाको अनुमति पुनः भट्टलाई दिने खेल अन्तर्गत अर्थमन्त्रालयका उच्चतहका कर्मचारीलाई त्यस अनुकूलको कानुनी ब्यवस्था मिलाउन दबाब दिइरहेका छन् । बुढीगण्डकी विनाप्रतिस्पर्धा भट्टको कम्पनीलाई दिनका लागि आवश्यक प्रक्रिया मिलाउनका लागि दबाब दिएपछि अर्थ मन्त्रालयका उच्च अधिकारी तालुमा हात राख्न थालेका छन् । अर्थका अधिकारीहरु अर्थमा सरुवा भएर आएकोमै पछुतो मान्न थालेका छन् ।



    कालोधनलाई सेतो बनाउनका लागि सुलभ अग्रवालले नै दीपक भट्टमार्फत् भेटेर मन्त्री शर्मालाई प्रभावमा पारेका हुन् । सुलभ अग्रवालले हिमालयन रिइन्स्योरेन्समा लगानी गरेको सम्पत्तिको स्रोत खोजी गर्न सक्ने भएपछि भट्टमार्फत् अर्थमन्त्रीलाई प्रभावमा पारी बजेटमा लगानीको स्रोत नखोज्ने ब्यवस्था गरिएको हो । हिमालयन रिइन्स्योरेन्समा सुलभ अग्रवाल, साहिल अग्रवाल र उनका बाबु शंकर गोल्यानको शंकर ग्रुपको मात्रै २० प्रतिशत लगानी छ । जुन लगानीको स्रोत खोजी गर्ने हो भने बैधानिक नभेटिने भएकाले सुलभले बजेटमा यो ब्यवस्था गर्न जोडबल गरेको चर्चा अर्थमन्त्रालयमा छ ।

    हिमालयन रिइन्स्योरेन्सको अनुमतिमा मात्रै सुलभ अग्रवालले दीपक भट्टमार्फत् वीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालदेखि तत्कालीन अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई घुसको बुझो लगाएका थिए । हिमालयन रिइन्स्योरेन्स कम्पनीको अनुमतिका लागि मात्रै १ अर्ब घुसको डिल भएको समाचार नै सार्वजनिक भइसकेको छ ।

    काठमाडौं रिइन्स्योरेन्स कम्पनीमा ख्यातीप्राप्त बैंक र ब्यापारीहरु भए पनि त्यसले अनुमति नपाउनुमा घुसकै करामत भएको उच्च स्रोत बताउँछ ।

    सुलभ अग्रवाल तिनै ब्यापारी हुन्, जो कूटनीतिक सुविधाको गाडीमा थर्मल गन कालोबजारी गर्दागर्दै २०७७ बैशाखमा पक्राउ परेका थिए । कोरोना संक्रमणको सुरुवातमा अग्रवालले थर्मल गन कालोबजारी गरेका थिए । २ हजार ५ सय रुपैयाँमा पाइने थर्मल गन सुलभ अग्रवालले १५ हजार रुपैयाँमा बिक्री गर्दागर्दै अपराध महाशाखाले पक्राउ गरी २४ दिन हिरासतमा राखेको थियो । अहिले भट्ट र अग्रवालको पुल्चोकस्थित मन्त्री शर्माको क्वार्टरमा हुने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार