Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बालुवाटारको नाममा असुली धन्दा चलाउने बिचौलियाहरुसँग सेटिङ नमिलेपछि राजस्वका महानिर्देशकको सरुवा !

    बालुवाटारको नाममा असुली धन्दा चलाउने बिचौलियाहरुसँग सेटिङ नमिलेपछि राजस्वका महानिर्देशकको सरुवा !

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 2.9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको समय नपुग्दै सरुवा भएको छ।

    प्रकाश पौडेललाई हटाएर झलकराम अधिकारीलाई राजस्वको महानिर्देशक बनाइएको पत्र मुख्य सचिवको कार्यालयमा पुगेको स्रोतले वतायो। पौडेलले भने आफ्नो सरुवा भएको बारेमा कुनै जानकारी नभएको बताए।



    बालुवाटारको नाम लिएर राजस्वको महानिर्देशक परिवर्तनको गराउने खेलमा टीसीएनका पूर्वकर्मचारी रामचन्द्र भट्ट, गिरीबन्धु टी स्टेटदेखि ठूला सेटिङमा लाग्दै अरबौंपति भएका तारा सापकोटा, हुवाएका एजेन्ट रुपक प्रधानलगायत लागेका थिए। पौडेललाई हटाउन बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालसहितका राजस्व छलीमा संलग्न घरानाहरु समेत लागेका थिए। पौडेलले विगतदेखि थाँती रहेका धेरै नक्कली भ्याटबिलका मुद्दा अगाडि बढाएपछि उनकाबिरुद्ध यो समूह लाग्दैआएको थियो ।



    स्रोतका अनुसार झलकराम अधिकारीलाई राजस्व अनुसन्धान बिभागमा महानिर्देशक बनाउनका लागि तारा सापकोटाको समूहले  १५ करोडको अफर बालुवाटारमा गरेको थियो ।

    झलकराम अधिकारी २०७८ असार २९ मा शेरबहादुर देउवाको सरकार गठन हुनासाथ राजस्व अनुसन्धान विभागको महानिर्देशक हुने दाउमा थिए । राजस्व अनुसन्धान विभाग साविककै जस्तो अर्थमन्त्रालय अन्तर्गत आउने र आफू माओवादी निकट भएकाले सहजै महानिर्देशक हुने आशामा थिए । केपी ओलीले सरकारको नेतृत्व सम्हाल्नासाथ २०७४ फागुनमा राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए ।

    जुन कुराको हालका प्रधानमन्त्री तथा तत्कालीन प्रतिपक्षी दलको नेता शेरबहादुर देउवाले चर्को बिरोध गरेका थिए । देउवाले चर्को बिरोध गरेकाले राजस्व र सम्पत्ति पुनः अर्थमन्त्रालय र राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालय मातहत आउने आशामा सहसचिव अधिकारी थिए । तर, देउवाले प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याइसकेका ती विभागलाई आफ्नो अधिनबाट दिन चाहेनन् । रामप्रसाद आचार्य सरुवा भएपछि अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक हुनका लागि लागे ।

    अर्थमन्त्रालयमा सरुवा हुन खोजे । तर उनलाई माओवादीको कोटाबाट अर्थमन्त्री भएका जनार्दन शर्माले नै पत्याएनन् । न राजस्व अर्थ मन्त्रालय मातहत नै आयो । राजस्व अर्थमा नगएपछि उनी सहकारी विभागको रजिष्टार भएर गए ।

    त्यहाँ पनि केही महिना बसेपछि उनी हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा बसी दिनहुँ बिचौलियाहरुसँग बसेर पुनः बालुवाटारलाई नै प्रभावमा पारी राजस्वको डीजी हुने चलखेलमा लागेका हुन् ।

    २०७६ मा ठूला करदाता कार्यालयको प्रमुख हुँदा नै एनसेलका सतिशलाल आचार्यसँग उनको कनेक्सन थियो । त्यही कनेक्सनका आधारमा आचार्यले पनि सहसचिव अधिकारीलाई राजस्वमा डीजी बनाउन बालुवाटारलाई अग्रिम सेटिङमा सहयोग गरेको वताइएको छ।

    को हुन् तारा सापकोटा ?

    सम्पत्ती शुद्धिकरण अनुसन्धान बिभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईसँग बिशेष सम्बन्ध रहेका तारा सापकोटा प्रधानमन्त्री शेरवहादुर देउवाका देउवाका साला भूषण राणाका खास मान्छे हुन्। सापकोटाले राणाहरुको नाममा असुली धन्दा नै चलाएको एक व्यापारी बताउँछन्।

    सापकोटाको बानेश्वरमा रहेको प्रभुशमशेर राणाको आइपेक्स मलको अगाडि ३ रोपनी क्षेत्रफलमा घर छ ।

    त्यसका अलावा थापागाउँमा ९ आनामा अर्को घर छ । हदबन्दी लागेको झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेटको ३४३ बिगाहा जग्गा फुकुवा गर्न खोज्ने मुख्य नाइके सापकोटा नै हुन् ।

    उनले एमाले अध्यक्ष केपी ओलीदेखि तत्कालिन भूमी सुधार मन्त्री पद्मा अर्यालसम्मलाई अरब घुस दिने डिल गरी अर्कैलाई लगानी गर्न लगाएर गिरीबन्धुको जग्गाको फुकुवा गर्न लागिपरेका थिए । एक पैसा लगानी नगरी बिचौलिया धन्दाबाटै तारा सापकोटा अरबका मालिक भएका छन् ।

    गिरीबन्धुको जग्गामा  लगानी गर्न लगाएर कमिशनको कुरा नमिलेपछि सापकोटाले केही व्यापारीहरुको मानमर्दन हुने गरी मिडियामार्फत बदनाम गराएको स्रोत बताउँछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार