Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एक डोज मात्र लगाए पुग्ने १५ लाख डोज अमेरिकी खोप सोमबार काठमाडौं आइपुग्ने

    एक डोज मात्र लगाए पुग्ने १५ लाख डोज अमेरिकी खोप सोमबार काठमाडौं आइपुग्ने

    अनलाइन नेपाल
  • शनिबार, २६ असार २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । शुक्रबार मात्रै ८ लाख डोज खोप चीनबाट ल्याएको सरकारले सोमबार थप १५ लाख डोन खोप अमेरिकाबाट ल्याउने भएको छ । कोभ्याक्स संयन्त्रमार्फत अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको १५ लाख डोज खोप सोमबार काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलेले जानकारी दिएका छन् ।

    भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा जोन्सन एन्ड जोन्सन खोप सोमबार बिहान काठमाडौं आइपुग्ने उल्लेख गरेका छन् । एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपलाई अमेरिकाले उपहारमा दिन लागेको जनाइएको छ ।



    गत महीना अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहितका मुलुकलाई पहिलो चरणमा ८० मिलियन डोज खोप कोभ्याक्समार्फत उपलब्ध गराउने घोषणा गरेका थिए ।



    भट्टराईले फेसबुकमा लेखेका छन्–‘अमेरिकन सरकारले COVAX मार्फ़त अनुदानमा नेपाललाई दिन लागेको 15 लाख J & J Vaccine आगामी सोमबार बिहान काठमाण्डू आइपुग्ने भएको छ । US सरकार तथा पहलकर्ता सबैलाई धन्यबाद । सरकारको थप vaccine ल्याउने पहल जारी ‘

    नेपाली जनतालाई अमेरिकी जनताको उपहार : अमेरिकी राजदूतावास
    काठमाडौंस्थित अमेरिकी राजदूतावासले १५ लाख डोज खोप नेपाली जनतालाई अमेरिकी जनताका तर्फबाट उपहार भएको जनाएको छ। राजदूतावासकी प्रवक्ता एना रिचे एलेनले शुक्रबार अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई उपहारस्वरूप जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको १५ लाख डोज खोप दिन लागेको बताएकी थिइन।

    ‘नेपालीप्रति अमेरिकाको दशकौं लामो प्रतिवद्धता र कोभिड–१९ महामारीमा हामीले गरिरहेको सहयोगको हिस्साका रूपमा नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप अनुदान दिँदैछौं,’ एलेनले भनेकी थिइन,‘यो जीवन जोगाउने एकमात्र उद्देश्यका साथ अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई उपहार हो। हामी छिट्टै खोपबारे विस्तृत जानकारी दिनेछौं।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार