Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • दीपक मनाङेले पाए खेलकुद मन्त्रालयको जिम्मेवारी

    दीपक मनाङेले पाए खेलकुद मन्त्रालयको जिम्मेवारी

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 1.8K
    SHARES

    कास्की । गण्डकी प्रदेशका दुई मन्त्रीहरूले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    एक महिनासम्म विना विभागीय मन्त्री बनेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।



    जसपाका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय रदीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन् । मनाङे अघिल्लो सरकारमा पनि खेलकुद मन्त्री बनेका थिए । दुवै जना मन्त्रीले पदभार ग्रहण पनि गरिसकेका छन् । यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड हुन सकेको थिएन ।



    योसँगै गण्डकीमा चार जना मन्त्रीको जिम्मेवारीको टुङ्गो लागेको छ । यसअघि कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यसअघि नै पाइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार