Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सीआईबीद्वारा बैंकिङ कसूरमा लाखौँ जरिवाना ठहरपछि फरार रहेका श्रेष्ठ र मिश्र पक्राउ

    सीआईबीद्वारा बैंकिङ कसूरमा लाखौँ जरिवाना ठहरपछि फरार रहेका श्रेष्ठ र मिश्र पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो(सिआईबी)ले बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।

    सीआईबीको टोलीले उच्च अदालत पाटनको फैसलाले १५ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना ठहर भएर फरार हुँदै आएका ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं.४ घर भई काठमाडौं महानगरपालिका वडा नं.१० थापागाउँ बस्ने ४९ बर्षीय गणेशमान श्रेष्ठ र ७ दिन कैद सजाय र ५२ लाख रुपैया जरिवाना ठहर भएर फरार हुँदै आएका काठमाडौँ-१९ ढोकाटोल बस्ने ६३ बर्षीय महेन्द्र प्रसाद मिश्रलाई आज पक्राउ गरेको हो।



    श्रेष्ठलाई ललितपुरको लामाटारबाट र मिश्रलाई काठमाडौँको महाराजगन्जबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।



    सीआईबीका अनुसार पक्राउ परेका श्रेष्ठ र मिश्रले विसं २०७६ मा विभिन्न व्यक्तिबाट रकम लिएको र पर्याप्त मौज्दात नहुँदानहुँदै पनि पीडितलाई चेक काटेर दिएका थिए ।

    उनीहरुले दिएका चेक बाउन्स भएकाले बैंकिङ कसूर तथा सजाय ऐन अन्तरगत सजाय हुने फैसला भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार