Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ललिता निवास प्रकरण

    देउवा प्रधानमन्त्री बनेसँगै फरार सूचीमा रहेका गच्छदार अदालतमा हाजिर

    देउवा प्रधानमन्त्री बनेसँगै फरार सूचीमा रहेका गच्छदार अदालतमा हाजिर

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकै भोलीपल्ट ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेर ‘फरार रहेको भनिएका’ नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्।

    पार्टीका सभापति देउवाको नेतृत्वमा सरकार गठन भएकै भोलिपल्ट आज गच्छदार अदालतमा हाजिर भएका हुन्। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।



    जग्गा हिनामिना प्रकरणमा मुछिएका गच्छदार एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका थिए। अदालतले उपस्थित हुन पटक–पटक दिएको आदेश दिएको थियो।



    विशेष अदालतले गच्छदारलाई बयान लिएर मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। गच्छदारलाई तत्कालीन भौतिक निर्माणमन्त्रीका हैसियतमा मुद्दा चलाइएको हो।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार