Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सभापति देउवाले बोल्दाबोल्दै गच्छदारलाई रोकेपछि…

    सभापति देउवाले बोल्दाबोल्दै गच्छदारलाई रोकेपछि…

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 834
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले आफू बोलेका बेला सभापति शेरबहादुर देउवाले बीच-बीचमा रोक्ने गरेको गुनासो गरेका छन्।

    आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै गच्छदारले सभापतिले बेलाबेला रोकिँदिँदा आफूलाई मद्दत नै पुगेको बताएका हुन्। सभापति देउवाले बोल्न दिइएको समय सकिएको संकेत गरेपछि गच्छदारले असन्तुष्टि जनाए।



    आफूलाई एजेन्डामाथि बोल्न कम्तीमा १५ मिनेट चाहिने उनले बताए। सभापति देउवाले गच्छदारलाई बोल्न आग्रह गरेका थिए। गच्छदारले नीति अधिवेशन गर्न आग्रह गरेका थिए। गच्छदारले ७ मिनेटमा पनि कुरा नसिध्याएपछि सभापति देउवाले फेरि रोकेका थिए।



    सभापति देउवाले समय सकिएको बताएका थिए। गच्छदारले भने १ मिनेट थपिदिन आग्रह गरेका थिए। तर सभापति देउवा मानेनन्। सबैलाई ७ मिनेट समय दिएको देउवाको भनाइ थियो।

    केही बेरपछि देउवाले ल एक मिनेटमा सक्नुस् भनेका थिए। यसपछि पनि गच्छदार बोलिरहेका थिए तर लाइभमा आवाज सुनिएको थिएन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार