Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • देशको राजनीति अन्योलपूर्ण र अनिश्चितताको भुमरीमा फसेको छ : विजयकुमार गच्छदार

    देशको राजनीति अन्योलपूर्ण र अनिश्चितताको भुमरीमा फसेको छ : विजयकुमार गच्छदार

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 447
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको राजनीति अनिश्चितताको भुमरीमा फसेको बताएका छन्।

    मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका गच्छदारले देशको राजनीति खराब अवस्थाबाट गुज्रिएको बताएका हुन् ।



    नेता गच्छदारले नेपाली कांग्रेस कमजोर भएमा लोकतन्त्र कमजोर हुने भन्दै कांग्रेसलाई शसक्त ढंगबाट अगाडि बढाउनुपर्ने जोड दिए ।



    उनले भने ‘ नेपालको राजनीति तरल अवस्थामा छ, अस्थिरताको दलदलमा परेको छ । नेपाली काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ । गुट, उपगुटमा नेपाली काँग्रेस नराम्रोसँग फसेको छ ।’

    पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै उनले सबै मिलेर काम गर्न आवश्यक रहेको भन्दै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार