Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना भाइरस

    २,९०५ संक्रमण पुष्टि हुँदा १,६०६ जना डिस्चार्ज

    २,९०५ संक्रमण पुष्टि हुँदा १,६०६ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ६०६ जना निको भएका छन् ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार आज मुलुकभर ८, १०८ जनाको पिसिआर परीक्षणबाट २,०१० जनामा संक्रमण पुष्टि भएको छ भने ४,९१६ जनाको एन्टिजेन परीक्षणबाट ८९५ जनामा पुष्टि भएको छ ।



    यस्तै, पछिल्लो २४ घण्टामा १८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९,४३० पुगेको छ ।

    यसअघि हिजो २,३९८ जनामा संक्रमण पुष्टि हुँदा २०७८ जना डिस्चार्ज भएका थिए भने १२ जनाको मृत्यु भएको थियो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार