Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धनुषामा जन्मकैदको सजाय पाएका फरार प्रतिवादी ३४ वर्षपछि पक्राउ

    धनुषामा जन्मकैदको सजाय पाएका फरार प्रतिवादी ३४ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 1.8K
    SHARES

    धनुषा। जिल्ला प्रहरी कार्यालय धनुषाले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका फरार प्रतिवादीलाई ३४ वर्षपछि पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरीप्रमुख एसपी प्रकाश रानाभाटका अनुसार पक्राउ पर्नेमा धनुषाको सवैला नगरपालिका वडा नम्बर २ वस्ने वर्ष ७० का विकरू यादव रहेका छन् ।



    कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २७ चैत २०४३ मा यादवलाई जन्म कैद (२० बर्ष) फैसला सुनाएको थियो ।



    तर, हालसम्म फरार रहेका यादवलाई बुधबार दिउँसो औरही गाउँपालिका १ पौडेश्वर स्थित खेतमा काम गरिरहेको बेला प्रहरी टोलीले पक्राउ गरेको हो ।

    पक्राउ परेका उनलाई जिल्ला अदालत धनुषामा हाजिर गराइएको छ । यादवलाई  जन्मकैदका लागि झुमका कारागार पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रानाभाटले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार