Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गृहमन्त्री खाँणद्वारा मन्त्रालयमा कर्मचारीको हेरफेर, सीडीओहरुको पनि सरुवा हुँदै

    गृहमन्त्री खाँणद्वारा मन्त्रालयमा कर्मचारीको हेरफेर, सीडीओहरुको पनि सरुवा हुँदै

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 3.6K
    SHARES

    काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले कार्यालयमा कर्मचारीको हेरफेर गरेका छन् ।

    हेरफेर अनुसार यसअघि गृह मन्त्रालयमा शान्ति सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख समेत रहने प्रवक्ता समेत फेरिएका छन्। जसमा यसअघिका  प्रवक्ता जनकराज दाहाललाई हटाएर फणिन्द्रमणि पोखरेललाई नयाँ जिम्मेवारी दिइएको छ ।



    पोखरेल यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए । कर्मचारी प्रशासन लगायत महाशाखा पनि हेरफेर गर्न लागिएको छ ।



    त्यस्तै, केही महत्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा हुन लागेको गृह मन्त्रालयको स्रोतले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार