Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एन्फा उपाध्यक्षको नाटकका कारण राजिनामा दिँदै छु : फुटबल प्रशिक्षक अल्मुताइरी

    एन्फा उपाध्यक्षको नाटकका कारण राजिनामा दिँदै छु : फुटबल प्रशिक्षक अल्मुताइरी

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 3.9K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजिनामाको घोषणा गरेका छन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको कारणले आफूले राजिनामा दिन लागेको प्रशिक्षक अब्दुल्लाहले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका छन्।



    ‘प्रिय नेपाली समर्थकहरू… म एन्फाका वरिष्ठ उपाध्यक्ष र मेरो आफ्नै कारणका कारण जाँदैछु, पछिल्लो तीन हप्तादेखि उनको नाटकका कारण राजिनामा दिन गइरहेको छु’ उनले फेसबुकमा खेलेका छन्, ‘अब तपाईँ खुसी हुनु भयो होला नि पंकजविक्रम नेम्वाङ ?



    गत चैत्र महिनामा एन्फाले कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

    उनको नेतृत्वमा नेपालले कुवेतमा विश्वकप छनौटका ३ खेल खेलेको थियो भने इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

    जसमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेका थियो । तर, नेपाल जोर्डनसँग ३–० गोल र अष्ट्रेलियासँग पनि ३–० गोल अन्तरले नै पराजित भएको थियो भने इराकसँग ६-२ गोल अन्तरले पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार