Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नेपाल फर्किए अल्मुताइरी, गोर्खालीको स्पिड अनुसार कोचिङ गर्न खेलकुदमन्त्रीको आग्रह

    नेपाल फर्किए अल्मुताइरी, गोर्खालीको स्पिड अनुसार कोचिङ गर्न खेलकुदमन्त्रीको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताईरीलाई गोर्खालीको स्पिड अनुसार काम गर्न आग्रह गरेका छन्।

    आइतबार खेलकुदमन्त्री गहतराजले मन्त्रालयमा आयोजित समारोहमा प्रशिक्षक अल्मुताईरीलाई नेपाली टोपी र खाँदा लगाएर सम्मान गर्दै यस्तो आग्रह गरेका हुन्।



    अल्मुताइरीको मुख्य प्रशिक्षणमा माल्दिभ्स्मा असोज १५ देखि ३० गतेसम्म भएको साफ फुटबल च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । नेपाललाई पहिलो पटक साफ फुटवल च्याम्पियनसिपमा उपविजेतासम्म पुर्याउन उल्लेखनीय योगदान दिएवापत युवा तथा खेलकुद मन्त्रालयले योगदानको कदर गर्दै सम्मान गरेको हो ।



    कार्यक्रममा मन्त्री गहतराजले अल्मुताईरीको आगमनपछि नेपाली खेलकुद क्षेत्रमा तरङ्ग उत्पन्न भएको र यसले विशेषगरी नेपाली फुटबलमा बेग्लै आशा जागेको बताउँदै गोर्खाली स्प्रिडलाई कायम राख्दै अगाडी बढ्न आग्रह गरे ।

    स्वागत पछि प्रतिक्रिया दिदैं अल्मुतारीले ‘नेपाल फर्किएकामा खुशी लागेको छ, तपाई खेलाडीका लागि मात्र होइन, नेपालकै असल मित्र हुनुहुन्छ, सरकारले खेल क्षेत्रका समस्या बुझेको छ, सम्बोधन गर्न तयार छ, उनले भने ।

    माल्दिभ्स बसाईको क्रममा विभिन्न देशले ठूलो रकममा आफूलाई प्रशिक्षकका लागि प्रस्ताव गरेपनि नेपालीहरुको माया सम्झिएर आफु पुन नेपाल फर्किएको बताउँदै अल्मुताईरीले भने, ‘माया भन्दा ठूलो कुरा पैसा होईन ।’

    शनिबार नेपाल फर्किएका अल्मुतारीको थप तीन वर्ष नेपालकालागि फुटबल प्रशिक्षकका रुपमा काम गर्ने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार