Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • उपप्रधानमन्त्री बनाएका ओलीलाई महतोले उल्टै दिए प्रतिगमनकारीको संज्ञा !

    उपप्रधानमन्त्री बनाएका ओलीलाई महतोले उल्टै दिए प्रतिगमनकारीको संज्ञा !

    अनलाइन नेपाल
  • सोमबार, ११ साउन २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनकारी भएको आरोप लगाएका हुन्।

    निवर्तमान ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री समेत भएका नेता महतोले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवा दुवैलाई यस्तो आरोप लगाएका हुन् ।



    सोमबार हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुगेका नेता महतोले भने, ‘देउवा र ओली हाम्रा लागि प्रतिगमनकारी हुन्। प्रतिगमनकारी संविधान बनाएका हुन् ,’



    यस्तै, महतोले निर्वाचन आयोगले गर्दा जसपा फुट्न लागेको आरोपसमेत लगाएका छन् ।

    ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । त्यस्तै १६ जनाले महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरे भने एक नेता रेशम चौधरी तटस्थ बसेका छन् ।

    आयोगले जसपाको आधिकारिकता विवाद समाधान गर्न  प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । सो इजलासले केन्द्रीय कार्यकारिणी सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको भन्दै साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन यही साउन ७ गते आदेश दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार