Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अन्तत : उच्च अदालतबाट पनि पाए पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ

    अन्तत : उच्च अदालतबाट पनि पाए पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् ।

    मंगलबार उच्च अदालतले उनीविरुद्धको जबर्जस्ती करणी उद्योग मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको हो ।



    आज उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।



    महराको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको अदालतकी प्रवक्ता अमृता शर्माले जानकारी दिइन् । ‘जिल्लाले जे फैसला गरेको थियो सोही फैसला सदर भएको छ,’ उनले भनिन् ।

    सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । उक्त आरोप लागेपछि २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिनुपरेको थियो भने असोज १९ गते उनि सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार