Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुन तस्करी प्रकरण

    पूर्वसभामुख महरासँग आज पनि बयान लिइँदै, अनुसन्धानका लागि पुनः म्याद थप्ने तयारी

    पूर्वसभामुख महरासँग आज पनि बयान लिइँदै, अनुसन्धानका लागि पुनः म्याद थप्ने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 414
    SHARES

    काठमाडौं । जिल्ला सरकारी वकील कार्यालय काठमाडौँ पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिन सुरु गरेको छ ।

    सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका महराको बुधबारदेखि मात्रै बयान लिन सुरु गरिएको हो ।



    उनी यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका थिए । उनलाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको थियो ।



    अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ ।

    निजलाई सिआइबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आज समाप्त हुने भएकाले बयान र अनुसन्धान नसकिए पुनः म्याद थप गरिने सिआइबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार