Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • महरामाथि अनुसन्धानका लागि फेरि म्याद थप्ने तयारी, आज अदालतमा उपस्थित गराइँदै

    महरामाथि अनुसन्धानका लागि फेरि म्याद थप्ने तयारी, आज अदालतमा उपस्थित गराइँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 453
    SHARES

    काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई आज अदालत लगिने भएको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लिने तयारी गरेको हो ।



    गत सोमबार पहिलो दिन अदालतबाट लिएको ४ दिनको म्याद बिहीबार सकिएकाले सीआईबीले थप अनुसन्धानका लागि भन्दै महराविरुद्ध म्याद थप्ने तयारी गरेको हो ।



    तर पूर्वसभामुख महरालाई अदालतको आदेशमा बिरामी भन्दै पहिलो दिनदेखि नै नर्भिक अस्पतालमा राखिएको छ । सुन तस्करी प्रकरणमा मुछिएपछि उनलाई यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार