Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पूर्वसभामुख महरालाई अस्पतालमा बस्न दिन अदालतको आदेश, नर्भिकमा भर्ना गर्ने तयारी

    पूर्वसभामुख महरालाई अस्पतालमा बस्न दिन अदालतको आदेश, नर्भिकमा भर्ना गर्ने तयारी

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सुन प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई अस्पताल लगिने भएको छ ।

    अदालतको आदेशअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा नराखेर महरालाई नर्भिक अस्पताल लगिने भएको हो ।



    काठमाडौँ जिल्ला अदालतले माओवादी केन्द्रका उपाध्यक्ष महरालाई अस्पतालमा बस्न दिन आदेश दिएको थियो । अदालतले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।



    पहिलेदेखि नै उनी नर्भिकमा उपचाररत देखिएकाले उनलाई त्यहाँ पठाउने तयारी भइरहेको बताइएको छ ।

    उनलाई भेपमा लुकाएर ल्याइएको सुन प्रकरणमा अनुसन्धान गर्नका लागि आजै कपिलवस्तुबाट पक्राउ गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार