Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सत्तारुढ गठबन्धनको बैठक :

    मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई नै, प्रचण्डलाई थप तनाव !

    मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई नै, प्रचण्डलाई थप तनाव !

    अनलाइन नेपाल
  • बुधबार, १३ साउन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दिएको छ ।

    एमालेको माधव नेपाल पक्षसमेत सहभागी बैठकले मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको हो । यस निर्णयसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप तनाव पर्ने भएको छ। केही दिनअघि प्रचण्डले आफ्नो पार्टीका सबै सांसदले मन्त्री चाहेकाले मानसिक तनाव थपिएको बताएका थिए।



    बैठकमा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष  ‘प्रचण्ड’ सहभागी थिए भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी रहेका थिए।



    यस्तै, बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन कांग्रेस महामन्त्री खड्का नेतृत्वको कार्यदललाई निर्देशनसमेत दिएको छ ।

    सरकार अहिले मात्रै ६ सदस्यीय छ । देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई मन्त्री छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार