Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मेलम्चीमा फेरि बाढी आयो

    मेलम्चीमा फेरि बाढी आयो

    अनलाइन नेपाल
  • आइतबार, १७ साउन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    चौतारा । सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ ।

    मेलम्ची नदीमा पानीको सतह बढेपछि चनौटे बजारको बीच भागबाटै पानी बग्न थालेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।



    हेलम्बुभन्दा माथि फेरि पहिरो गएको छ । कुन ठाउँमा पहिरो गयो भन्नेबारे यकिन भएको छैन । बाढी प्रभावित मेलम्चीका स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको छ ।



    शनिबार बेलुका एक्कासि मेलम्ची नदीमा बाढी आएपछि तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको थियो । हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएका कारण एक्कासि बाढी आएको हुनसक्ने अनुमान गरिएको छ।

    यसअघि गत असार १ गतेको बाढीले क्षति पुर्याएको भागबाट नै नदी बगेको हो । बाढीका कारण मेलम्ची, हेलम्बुलगायत क्षेत्रमा ठूलो नोक्सानी भएको थियो ।

    बाढीमा परी हराइरहेका १५ जना अझै भेटिएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार