Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • तौल बढेर चिन्तित हुनुहुन्छ ? यी खानेकुराले तीव्ररुपमा घटाउँछ तौल

    तौल बढेर चिन्तित हुनुहुन्छ ? यी खानेकुराले तीव्ररुपमा घटाउँछ तौल

    अनलाइन नेपाल
  • सोमबार, १८ साउन २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । मानिसहरु तौल बढेपछि घटाउन निकै मुश्किल गरेको अनुभव सुनाउँछन्। विभिन्न कसरत गर्दा पनि तौल नघट्दा उनीहरु चिन्तित बन्ने गरेको पाइन्छ। तर हामीले डाइटमा थोरै ध्यान दिन सकेमा सजिलै तौल घटाउन सकिन्छ। केही फलफूल र सागसब्जीले प्रतिरोधी क्षमता बढाउनुका साथै तौल पनि नियन्त्रणमा राख्छ।

    खरबुजाः



    गर्मीमा खरबुजा खान सबैलाई मनपर्छ। खरबुजामा ९२ प्रतिशतसम्म पानी हुन्छ जसले शरीरलाई हाइड्रेट राख्ने गर्छ। खरबुजामा फाइबर बढी र क्यालोरी कम हुन्छ। खरबुजा खाँदा धेरै बेरसम्म भोक लाग्दैन र यसले गुलियो खाने इच्छालाई पनि कम गर्छ। खरबुजामा भिटामिन सी, ए, म्याग्नेसियम, पोटासियम र लाइकोपिन हुन्छ। यी सबै तत्वले तौल कम गर्नुका साथै गम्भीर रोगबाट पनि जोगाउँछ।



    मेवाः

    तौल कम गर्ने कोसिस गरिरहनुभएको छ भने आफ्नो खानामा मेवा समावेश गर्नुहोस्। मेवामा क्याल्सियम, भिटामिन, आइरन, मिनरल्स र फस्फोरस पाइन्छ। यसका थुप्रै एन्जाइमले पाचन तन्त्रलाई बलियो बनाउँछ। यसमा क्यालोरी र चिल्लोपना निकै कम हुन्छ। यसले पेट फुल्ने समस्या पनि कम गर्छ।

    काँक्रोः

    काँक्रोले पेटलाई चिसो बनाउनुका साथै गर्मीमा हाइड्रेट राख्न पनि मद्दत गर्छ। काँक्रोमा अत्यधिक फाइबर पाइन्छ जसका कारण तपाईंको पेट लामो समयसम्म भरिएको महसुस हुन्छ तसर्थ तपाईं अस्वस्थकर खानेकुरा खानबाट बच्नुहुन्छ। काँक्रो खाँदा तौल कम हुनुका साथै शरीरले आवश्यक पोषक तत्व पाउने गर्छ।

    आँपः

    आँप खाँदा तौल बढ्छ भनेर धेरैलाई लाग्ने गर्छ। सन्तुलित मात्रामा खाने हो भने यसले तौल बढाउने होइन, नियन्त्रणमा राख्छ। आँपमा बायोएक्टिभ यौगिक र फाइटोकेमिकल्स हुन्छ जसमा बोसो कोसिकालाई दबाउने क्षमता हुन्छ। यदि तपाईं तौल घटाउने कोसिस गरिररहनुभएको छ भने कुनै चिन्ता नगरी आँप खान सक्नुहुन्छ। यसका साथै यसको म्याङ्गो शेक बनाएर पनि पिउन सक्नुहुन्छ।

    लौकाः

    लौका शरीरका लागि निकै फाइदाजनक छ। यसमा अत्यधिक पानी हुन्छ र फाइबर पनि प्रचुर मात्रामा पाइन्छ जसले शरीरलाई हाइड्रेट राख्न सहयोग गर्छ। लौकामा रत्तिभर पनि फ्याट हुँदैन। लौकाको तरकारी र जुसले शरीरलाई रोगबाट टाढा राख्नुका साथै मोटोपना घटाउन पनि निकै सहयोग गर्छ।

    भेँडे खुर्सानीः

    भेँडे खुर्सानीमा पाइने फाइटोकेमिकल्स तौल नियन्त्रण गर्न निकै फाइदाजनक हुन्छ। यसले मेटाबोलिजम बढाउनुका साथै पाचन तन्त्र पनि ठिक राख्छ। यो भिटामिन ए र सीले भरपुर हुन्छ जसले शरीरमा प्रतिरोधी क्षमता बढाउने काम गर्छ। यसका थुप्रै तत्वले प्राकृतिक पेनकिलरले जस्तै काम गर्छ। तरकारीबाहेक तपाईंले भेँडे खुर्सानी सलादको रुपमा पनि खान सक्नुहुन्छ।

    पालुङ्गोः

    पेटको बोसो काम गर्नमा पालुङ्गो निकै प्रभावकारी हुन्छ। यो फाइबर र पोषक तत्वले भरपुर हुन्छ। पालुङ्गोमा भिटामिन ए, सी, के, म्याग्नेसियम, आइरन र म्याग्नेसियम भरपुर मात्रामा पाइन्छ। बोसो कम गर्नका लागि आफ्नो ब्रेकफास्ट वा खानामा पालुङ्गो समावेश गर्नुहोस्। तरकारीबाहेक यसलाई सलादमा राखेर पनि खान सकिन्छ।

    चुकन्दरः

    चुकन्दरमा क्यालोरी निकै कम हुन्छ। यो फाइबरले पनि भरपुर हुन्छ जसका कारण लामो समयसम्म भोक लाग्दैन। चुकन्दरको जुसले उच्च रक्तचापलाई कम गर्न मद्दत गर्छ। यसमा रत्तिभर पनि फ्याट हुँदैन जसका कारण यसले तौल बढ्न दिँदैन। बिहान चुकन्दरको जुस पिउँदा तपाईं दिनभरी सक्रिय रहन सक्नुहुन्छ। यसले थकान, कमजोरी र मांसपेशीमा ऐठनको समस्या पनि टाढा राख्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार