Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • हृदयेन्द्र अमेरिका जाँदै

    हृदयेन्द्र अमेरिका जाँदै

    अनलाइन नेपाल
  • बिहिबार, २१ साउन २०७८
  • 4.4K
    SHARES

    काठमाडौं । हृदयेन्द्र शाह अमेरिका जाने भएका छन् ।

    पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र उच्च शिक्षा अध्ययन गर्न अमेरिका जाने भएका हुन्।



    अमेरिका जानका लागि सबै प्रक्रिया पूरा भइसकेको र केही दिनपछि नै उनी अमेरिका जाने निर्मल निवास उच्च स्रोतले जनाएको छ ।



    कालिमाटीको रविभवनस्थित लिंकन विद्यालयबाट कक्षा १२ सम्मको शिक्षा सकेर उनी उच्च शिक्षाका लागि अमेरिका जान लागेको स्रोतले बतायो।

    यद्यपि, अमेरिकाको कुन विश्वविद्यालयमा उनी अध्ययनका लागि जान लागेका हुन् त्यो भने खुलाइएकोे छैन ।

    पछिल्लो समय पारसले मोटरसाइकल चलाउदा हेल्मेट नलगाएको बिषयमा लिएर राजधानीको सडकमा लफडा गरेको भन्ने समाचार बाहिरिएको थियो, भने उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । हृदयेन्द्रकी आमा हिमानी भने हाल थाईल्याण्डमा रहेकी छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार