Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेसमाथि खनिएका महेश बस्नेतले भने- भदौ २४ पछि देउवा प्रधानमन्त्री हैन ‘बुख्याचा’ हुँदैछन्

    कांग्रेसमाथि खनिएका महेश बस्नेतले भने- भदौ २४ पछि देउवा प्रधानमन्त्री हैन ‘बुख्याचा’ हुँदैछन्

    अनलाइन नेपाल
  • शुक्रबार, २२ साउन २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका युवा नेता एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई लिएर टिप्पणी गरेका छन्।

    शुक्रबार राष्ट्रिय युवा संघ नेपाल गोदावारी नगर कमिटीले आयोजना गरको एक कार्यक्रममा बोल्दै नेता बस्नेतले आगामी भदौ २३ गतेसम्म कांग्रेसले महाधिवेशन गर्न नसके कांग्रेसको संवैधानिक हैसियत समाप्त हुने दावी गरे।



    यस्तै, नेता बस्नेतले कांग्रेस सभापति शेरबहादुर देउवा भदौ २४ पछि प्रधानमन्त्री नभई किसानले जंगली जनावारबाट खेती बाली बचाउन प्रयोग गर्ने बुख्याचा हुने बताए।



    कार्यक्रमको सम्बोधनभर कांग्रेस र देउवामाथि खनिएका उनले थपे, ‘भदौ २३ पछि संवैधानिक रुपमा कांग्रेसको अस्थित्व संकटमा पर्छ । उक्त समयसम्म महाधिवेशन गर्न नसके पार्टी खारेज हुन्छ । अनि कांग्रेसले नाम फेरेर आउनेपर्छ, रुख चिन्ह हैन, सिस्नो चिन्ह लिएर आउनुपर्छ । रामचन्द्र पौडेल पक्षले भन्न थाले, २४ गते पछि देउवालाई सभापति मानिन्दैन । त्यसैले रामचन्द्रले त सभापति नमानेपछि जनताले कुन हैसियतले देउवालाई प्रधानमन्त्री मान्ने ? बस्नेतले प्रश्न गरे।

    ‘भदौ २४ पछि देउवा जी कुन अवतारमा आउनुहुन्छ ? गाउँघर तिर किसानहरुले जनवार तथा पशुपंक्षिहरुले बाली विगार्छन भनेर बुख्याचा बनाउने चलन हुन्छ  त्यसैले शेरबहादुर जी तपाई भदौ २४ पछि प्रधानमन्त्री हैन, बुख्याचा हुँदै हुनुहुन्छ । एमालेलाई नष्ट गर्ने तपाईको अभियान पनि बुख्याचामा परिणत हुँदैछ ।’

    यसैगरी, सरकारले भूमि आयोग आयोग खारेज गरेकोमा आपत्ति जनाउदै सांसद बस्नेतले सुकुम्वासीलगायतका जनताको लागि देउवा सत्रुको रुपमा आएको उल्लेख समेत गरे।

    युवा संघका इन्चार्ज समेत रहेका नेता बस्नेतले विगतमा मनमोहनलाई पनि सरकारबाट हटाएर देउवाले नै सकुम्बासीलाई जग्गा धनिपुर्जा पाउनबाट बञ्चित गराएको र अहिले पनि लाखौं भूमिहिनलाई धनिपुर्जा पाउनबाट बञ्चित गराएको आरोप लगाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार