Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • विपद् व्यवस्थापन र कोभिड महामारी रोकथाममा सिन्धुपाल्चोकका सिडिओको सक्रियता

    विपद् व्यवस्थापन र कोभिड महामारी रोकथाममा सिन्धुपाल्चोकका सिडिओको सक्रियता

    अनलाइन नेपाल
  • शनिबार, २३ साउन २०७८
  • 2.6K
    SHARES

    सिन्धुपाल्चोक । त्रिपुरासुन्दरीका विष्णु तामाङ नागरिकता सम्बन्धी कामको लागि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको परिसरमा अलमलमा परिरहेका देखिन्थे, त्यति बेलै उनीमाथी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को नजर पर्यो। तामाङलाई  नागरिकताको लागि सिडिओ अरुण पोखरेलबाट सहिजीकरण भयो । यो त प्रतिनिधि घटनामात्र हो । अरुण पोखरेलको मुख्य ध्यान सेवाग्राहीलाई छिटो छरितो सुबिधा दिने र मैत्री वातावरण बनाउनमा नै केन्द्रित छ ।
    सिडिओको रुपमा पोखरेल आएसँगै लामो समय देखि त्रिपालमा बस्न बाध्य लिदि पहिरो पीडितहरुको लागि जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा अस्थाई आवास निर्माण गरि पहिरो पीडितहरुको व्यवस्थापन समेत शुरु भएको छ ।

    हालैको मेलम्ची र हेलम्बुमा आएको बाढी पछिको विपद् व्यवस्थापनमा उनकै नेतृत्वमा रहेको कमाण्ड फोर्स फिल्डमा नै खटिई राहत उद्धार लगायतको काममा सक्रियता पुर्वक खटिएकै कारण थप क्षति रोक्न तथा प्रभावकारी व्यवस्थापनमा सहयोग पुगेको स्थानीय जनप्रतिनिधिहरु वताउँछन् ।



    विपद् व्यवस्थापन समितिकै सक्रियताका कारण पुर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन सकिएकोले अषाढ १ तथा १६ गते आएको बाढीबाट मेलम्ची क्षेत्रमा मानवीय क्षति हुन नपाएको अवस्था समेत छ । विपद् व्यवस्थापनको लागि एकद्धार प्रणाली निर्माण , सरोकारवालाहरु सँगको समन्वय, विषयगत कार्यालयहरुको परिचालन लगायतको कार्यमा उनको अब्बल नेतृत्व देखिन्थ्यो ।
    कोभिड–१९ को दोस्रो लहरले सवै जिल्लाहरुमा अक्सिजनको अभाव महसुस भइ चुनौती समेत खडा भएको अवस्थामा कोभिड नियन्त्रण व्यवस्थापन समितिको नेतृत्वमा रही जिल्लामा अक्सिजनको अभाव हुन नदिने तथा अक्सिजनकै अभावले एक जना पनि विरामीको मृत्यु वा अन्यत्र रिफर हुन नपर्ने अवस्था समेत निर्माण गर्न पोखरेलको नेतृत्वदायी भूमिका समेत रहेको थियो । अब आउन सक्ने तेस्रो लहरको सामना गर्न जिल्ला कोभिड व्यवस्थापन समितिले कार्य योजन समेत बनाई कार्य अघि बढाएको सिडिओ  पोखरेल वताउँछन् ।
    जिल्ला प्रशासन कार्यालयको समन्वय तथा जिल्ला प्रहरी कार्यालयको सक्रियतामा दुर्घटना न्यूनिकरणको लागी विशेष कार्य योजनाको निर्माण, अपराध नियन्त्रणको लागि विशेष अभियान, सुशासन प्रवद्धन गर्न विविध कार्यक्रमहरु समेत सञ्चालन भएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार