Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पहिरोमा वेपत्ताको खाेजी, उद्दार र राहतमा जुट्न प्रचण्डको आग्रह

    पहिरोमा वेपत्ताको खाेजी, उद्दार र राहतमा जुट्न प्रचण्डको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोक पहिरोमा परी निधन भएकाप्रति दुख व्यक्त गरेका छन् ।

    प्रचण्डले आइतबार शोक वक्तव्य जारी गर्दै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिवार रातिको पहिरोमा परी ३० जना स्थानीय बेपत्ता भएको खबर सुन्दा अत्यन्त दुःख लागेको जनाएका हुन् ।



    दुर्घटनामा ७ जनाको शव फेला परेको छ भने बाँकी २४ जना अझै हराइरहेका छन् । पहिरोबाट १५ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन् । अध्यक्ष प्रचण्डले वेपत्ताको खाजी, उद्दार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु सहित सम्पूर्ण नागरिकहरुमा अनुरोध पनि गरेका छन् ।



    सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानहरुमा विगत केही महिनादेखि पहिरोबाट निरन्तर रुपमा धनजनको क्षति भइरहेको छ । यस्ता पहिरो जाने सम्भावित स्थानहरुको पहिचान गरी त्यहाँ बसोबास गरिरहेका नागरिकहरुको स्थानान्तरण गरी वैकल्पिक बसोबासको व्यवस्था गर्न प्रचण्डले सरकारसँग आग्रह गरेका छन् ।

    ‘शोकको यस घडीमा पहिरोमा परी निधन हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु’, प्रचण्डले जारी गरेको वक्तव्यमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार