Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतबाट कोभिशिल्ड चाँडै प्राप्त हुँदैछ : राज्यमन्त्री श्रेष्ठ

    भारतबाट कोभिशिल्ड चाँडै प्राप्त हुँदैछ : राज्यमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भारतबाट खरिद गरी भुक्तानी गरिएको कोभिडविरुद्ध कोभिशिल्ड चाँडै प्राप्त हुने बताएका छन् । अघिल्लो सरकारले उक्त खोपका लागि रकम दिइसकेको थियो ।

    उनले खोपलाई दुरुपयोग गर्ने वा तोकिएका व्यक्तिलाई नदिएर भण्डारण गर्नेलाई कारबाही गर्न आफूले गृहमन्त्रीलाई आग्रह गरेको पनि जानकारी गराए । उनले शिक्षा र स्वास्थ्य राज्यको दायित्व भएकाले यसमा सरकारले लगानी वृद्धि र पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।



    प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा आफ्नो वक्तव्यमाथि सांसदहरुका प्रश्नका जवाफ दिने क्रममा उहाँले अबका दिनमा स्वयंसेवक परिचालन गरी गाउँ र नगरस्तरीय खोप केन्द्र सञ्चालन गरिने जनाए ।



    कक्षा १२ को परीक्षा सञ्चालन गर्दा महामारी फैलन सक्ने भएकाले परीक्षा स्थगन गरिएको बताए । उनले अनलाइनबाट खुला परीक्षाजस्ता विकल्पमा उक्त परीक्षा सञ्चालन गर्न सकिने जनाए । उनले धेरै अस्पतालमा अक्सिजन प्लान्ट राख्ने नीति लिएको र सोका लागि निजी अस्पतालले चाहेमा ५० प्रतिशत रकम अनुदान दिने जानकारी दिए । उनले कोरोना रोकथामका लागि सर्वपक्षीय र उच्चस्तरीय समिति गठनका विषयमा गम्भीररूपमा सोचिएको बताए । उनले कोभिडको तेस्रो लहरको खतरालाई ध्यान दिएर बालबालिका केन्द्रित अस्पताल र उपचार पद्धतिको उचित व्यवस्थापन गर्ने बताए ।

    बैठकमा प्रतिनिधिसभाका सचिव गोपीनाथ मैनालीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘स्टाण्डर्स नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६’ सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार