Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चितवन-२ मा उमेश श्रेष्ठको प्रचारमा रहेको गाडी तोडफोड

    चितवन-२ मा उमेश श्रेष्ठको प्रचारमा रहेको गाडी तोडफोड

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 726
    SHARES

    चितवन । नेपाली कांग्रेसबाट चितवन क्षेत्र नं.२ मा उम्मेदवार रहेका उमेश श्रेष्ठको कार तोडफोड भएको छ ।

    चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका- १० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा रहेको बा ३ च २०५० नम्बर को गाडीमा तोडफोड भएको हो ।



    श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए ।



    गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।

    प्रहरीले गाडी तोडफोडमा संलग्नको पहिचान नखुलेको र उनीहरुको खोजी भइरहेको जनाएको छ । उक्त गाडि अगाडि रहेको प्रदेश ३-०१- २४ च ९०६१ नम्बरको निसानको म्याग्नेट गाडीको सिसा पनि फुटाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार