Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • रविको सांसद पद खारेजीपछि आफूलाई ‘स्वतः विजयी’ घोषित गर्नुपर्ने श्रेष्ठको माग

    रविको सांसद पद खारेजीपछि आफूलाई ‘स्वतः विजयी’ घोषित गर्नुपर्ने श्रेष्ठको माग

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 684
    SHARES

    काठमाडौं । चितवन-२ बाट नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गरेका छन् ।

    सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद खारेज गरिदिएपछि दोस्रो भएका नेता श्रेष्ठले स्वतः विजयीको माग गरेका हुन् ।



    तत्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार भएको श्रेष्ठ झण्डै ३५ हजार मतले रास्वपा सभापति लामिछानेसँग पराजित भएका थिए ।



    लामिछानेको पद खारेजीपछि दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गनुपर्ने माग गर्दै श्रेष्ठले आइतबार निर्वाचन आयोगमा निवेदन दिने भएका छन् । उनले आइतबार दिउँसो २ बजे पत्रकार सम्मेलनसमेत आयोजना गर्ने कार्यक्रम रहेको बताएका छन् ।

    यसबारे उनले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । लामिछानेले कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई तेब्बर मान्तरले पराजित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार