Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • उमेश श्रेष्ठले भने – रविको उम्मेदवारी गन्ती हुँदैन, निर्वाचित भएको घोषणा गरियोस्

    उमेश श्रेष्ठले भने – रविको उम्मेदवारी गन्ती हुँदैन, निर्वाचित भएको घोषणा गरियोस्

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 456
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने बताएका छन् ।

    आइतबार निर्वाचन आयोगको कार्यालयमा पुगेर निवेदन दिएका श्रेष्ठले पत्रकार सम्मेलन गर्दै कानुनी रुपमा आफूलाई निर्वाचित घोषणा गर्नुपर्ने तर्क गरेका हुन् ।



    नेता श्रेष्ठले चितवन क्षेत्र नम्बर–२ बाट आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।



    चितवन–२ बाट प्रतिनिधिसभाको उमेदवार रहेका श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए ।

    लामिछानेले नागरिकता विवादका कारण सांसद पद गुमाएका थिए । निर्वाचनमा दोस्रो भएकाले आफूलाई स्वतः विजेता घोषणा गर्नुपर्ने श्रेष्ठको माग छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार