Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदेश नं २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

    प्रदेश नं २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, १ भाद्र २०७८
  • 2.1K
    SHARES

    जनकपुरधाम । प्रदेश नं २ का प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन्।

    मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरीका मिश्रलाई प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । मिश्रलाई नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।



    यसअघि राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम सो प्रदेशका प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरेकी थिइन्।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार