Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लुम्बिनीकी सांसद विमला वलीले बस्नेतलाई चुम्बन गरेको तस्वीर भाइरल, एकाएक फेसबुकबाट किन हटाइयो ?

    लुम्बिनीकी सांसद विमला वलीले बस्नेतलाई चुम्बन गरेको तस्वीर भाइरल, एकाएक फेसबुकबाट किन हटाइयो ?

    अनलाइन नेपाल
  • मंगलबार, १ भाद्र २०७८
  • 4.5K
    SHARES

    काठमाडौं । मंगलबार सामाजिक सञ्जालमा एक तस्वीर भाइरल भयो। उक्त तस्वीरले नेपालको राजनीतिक वृत्तमा खैलाबैला नै मच्चियो।

    तस्वीर लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली र वाइसीएल कार्यकर्ता एकराज बस्नेतको हो। तस्वीरमा सांसद वलीले बस्नेतलाई चुम्बन गरिरहेको देख्न सकिन्छ। उक्त तस्वीर बस्नतेकै फेसबुक स्टोरीबाट सार्वजनिक भएको हो।



    तस्वीर भने बस्नेतले सेल्फी लिए जस्तो देखिन्छ। तस्वीरमा विमलाको सिउँदोमा सिन्दुरले रंगिएको देखिन्छ। फोटो सार्वजनिक भएपछि उनीहरुबीच विवाह भइसकेको अनुमान भइरहेको छ।



    विमला एमाले सांसद स्वर्गीय उत्तरकुमार ओलीकी पत्नी हुन्। उत्तरको दुर्घटनामा निधन भएपछि विमलालाई सोही निर्वाचन क्षेत्र दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो। कांग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै विमला सांसद बनेकी थिइन्। उता वाईसीएल नेता बस्नेत पनि विवाहित हुन्।

    बस्नेतले केही समयपछि उक्र फोटो सामाजिक सञ्जालबाट हटाएका छन्। फोटोबारे न बस्नेतले कुनै प्रतिक्रिया जनाएका छन् न सांसद वलीले नै। बस्नेतकै कारण सांसद वली माओवादी निकट भएको चर्चा भइरहेको छ।

    कहिले एमाले त कहिले माओवादी भनेर विवादमा परेकी उनी लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउन निर्णायक बनेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार