Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

    राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

    अनलाइन नेपाल
  • बुधबार, २ भाद्र २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । अन्तत: चौतर्फी आलोचना र विरोधका बाबजुत राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्।

    यसअघि बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।



    राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा अध्यादेश प्रमाणिकरण गरेकी हुन्।



    उक्त अध्यादेश जारी भएसँगै नेकपा एमालेको नेपाल पक्षका सांसदहरु नयाँ दल दर्ता गर्नका लागि जुटेका छन्। अध्यादेशपछि २० प्रतिशत केन्द्रीय सदस्यहरूले चाहेमा दल विभाजन गर्न सक्ने र नयाँ दल दर्ता गर्न सक्नेछन्। त्यसो त जसपाको महन्थ ठाकुर पक्ष पनि नयाँ दल दर्ताको तयारीमा जुटेको स्रोत बताउछ।

    यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा ओलीले पनि दलसम्बन्धी अध्यादेश ल्याएका थिए। राष्ट्रपति भण्डारीले स्वीकृत पनि गरेकी थिइन् तर चौतर्फी विरोधपछि फिर्ता गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार