Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कारवाही नगर्न माग गर्दै माधव नेपालसहित १४ जना सांसदद्वारा सचिवालयमा निवेदन

    कारवाही नगर्न माग गर्दै माधव नेपालसहित १४ जना सांसदद्वारा सचिवालयमा निवेदन

    अनलाइन नेपाल
  • बुधबार, २ भाद्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका १४ सांसदहरुले आफूहरुमाथि गरिएको कारवाही अवैधानिक भएको भन्दै कारवाही रोक्न संसद सचिवालयमा निवेदन दिएका छन्।

    अध्यक्ष ओलीको गरेको कारवाही गैरकानुनी भएकाले आफूहरुले कारवाही नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएको नेपाल समूहका सांसद मेटमणि चौधरीले बताए।



    मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको पत्र संसद सचिवलयमा दर्ता गराएका थिए ।



    ओलीको कारवाहीमा पर्नेहरुमा नेता नेपालसँगै, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणी चौधरी रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार