Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

    अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ भाद्र २०७८
  • 2K
    SHARES

    रामनारायण यादव / सिरहा । सिरहाबाट अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सिरहाको लहान नगरपालिका वडा नम्वर २४ मनिकदह बस्ने १८ वर्षीय मनदिप विश्वकर्मा, सोहि नगरपालिका वडा नम्वर ५ बस्ने ५२ वर्षीय रामदेव यादव र सोही ठाउँका २५ वर्षीय दिपेन्द्र यादवलाई पक्राउ गरेको छ । बिहीबार दिउँसो उनीहरुको साथबाट ८ ग्राम अबैध लागुऔषध सहित तीनै जनालाई पक्राउ गरेको छ ।



    प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय लहानको संयुक्त टोलिले शंका लागि चेक जाँच गर्दा लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।



    पक्राउ परेका तीनै जना अहिले इलाका प्रहरी कार्यालय लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुभाव बुढाथोकिले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार