Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ११ बजेको एमाले बैठक ३ बजेलाई सर्यो, यी हुन् एजेण्डा

    ११ बजेको एमाले बैठक ३ बजेलाई सर्यो, यी हुन् एजेण्डा

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा एमालेको आज ११ बजेको लागि तय गरिएको स्थायी कमिटीको बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले  जानकारी दिए। बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्दैछ।

    मंगलबारको बैठकमा पार्टी एकता, तेस्रो धारका नेताहरु माग, १० बुँदे सहमति कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताइएको छ।



    सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीका अन्य सदस्यको छलफलपछि १० बुँदे सहमतिको सिफारिस कार्यान्वयन गर्ने समझदारी भएको बताइएको छ ।



    पार्टी अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा नगएका युवराज ज्ञवाली, भिम आचार्य, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुसँग १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्।

    बैठकले सोही १० बुँदे सहमति अनुसार एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काउने गरी कार्यतालिका बनाउन सक्ने अनुमान गरिएको छ। ओली र नेपाल पक्षका ५–५ जना नेताहरु सम्मिलित कार्यदलले पार्टीको आन्तरिक एकताका लागि २७ असारमा १० बुँदे सहमति तयार पारेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार