Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पाल्पामा अविरल वर्षा : घर भत्किँदा १० वर्षीया नैनाको मृत्यु

    पाल्पामा अविरल वर्षा : घर भत्किँदा १० वर्षीया नैनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १३ भाद्र २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    पाल्पा । लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ ।

    मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ ।



    सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्गा र माटोले च्यापिएकी बालिकालाई तत्काल उपचारार्थ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको थियो । गम्भीर घाइते बालिकाको अस्पतालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।



    पछिल्लो केही दिनयता देशैभर परेको अविरल बर्षाका कारण नागरिकहरुको जनजीबन अस्तव्यस्त बन्दै गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार