Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ला लिगा : बार्सिलोना विजयी, शीर्षस्थानको रियल मड्रिडसँग अंक बराबरी

    ला लिगा : बार्सिलोना विजयी, शीर्षस्थानको रियल मड्रिडसँग अंक बराबरी

    अनलाइन नेपाल
  • सोमबार, १४ भाद्र २०७८
  • 1.4K
    SHARES

    एजेन्सी – स्पेनिस लिगा ला लिगा फुटबलमा बार्सिलोनाले गेटाफेलाई पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–१ गोलले हराएको हो।

    बार्सिलोनाले खेलको २ मिनेटमा नै अग्रता बनाएको थियो। सर्जि रोबेर्टोले गोल गर्दै टोलीलाई उत्कृष्ट शुरुवात गराए। उनले जोर्डी अल्बाको क्रसलाई पेनाल्टी क्षेत्र भित्रबाट गोलमा परिणत गरेका थिए। तर बार्सिलोनाको अग्रता धेरैबेर टिकेन। १८ औं मिनेटमा गेटाफेले बराबरी गोल फर्कायो। उसका लागि कार्लेस अलेनाको पासमा सान्ड्रो रामिरेजले गोल गरेका थिए।



    त्यस्तै ३० औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै बार्सिलोनालाई फेरि अग्रता दिलाए। उनले फ्रेंकी डे जोङको पासलाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे। पहिलो हाफमा २–१ गोल भएको खेलको दोस्रो हाफमा थप गोल भएन। दुबै टोलील् केही राम्रा आक्रमणहरु बुनेपनि गोल गर्न सकेनन्।



    जितसँगै बार्सिलोनाले शीर्षस्थानको रियल मड्रिडसँग अंक बराबरी गरेको छ। बार्सिलोनाको ३ खेलमा ७ अंक पुगेको छ। समान अंक भएपनि बार्सिलोना गोलअन्तरमा पछि रहेकाले तालिकाको चौथो स्थानमा छ। सेभिया दोस्रो र भ्यालेन्सियासँग तेस्रो स्थानमा छ। उनीहरुको पनि ७ अंक नै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार