Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काँकडभिट्टा नाका प्रवेशमा खुकुलो, भारतीयको आउजाउ बाक्लियो

    काँकडभिट्टा नाका प्रवेशमा खुकुलो, भारतीयको आउजाउ बाक्लियो

    अनलाइन नेपाल
  • मंगलबार, १५ भाद्र २०७८
  • 1.4K
    SHARES

    झापा । नेपाल-भारत सीमा अन्तर्गतको पूर्वी नाका काँकडभिट्टाबाट भारतीय नागरिकको प्रवेशमा गरिएको कडाइलाई यतिबेला खुकुलो पारिएको छ । करिव ५ महिनाअघिदेखि कडाइ गरिएको काँकडभिट्टा नाका खुकुलिएसँगै भारतीय यात्रीको आउजाउ बाक्लिएको छ ।

    गत बैशाख ८ गते प्रमुख जिल्ला अधिकारीको संयोजकमा रहेको ‘कोरोना विपद् व्यवस्थापन केन्द्र’ (डीसीसीएमसी) को निर्णयले कोरोना संक्रमणको बढ्दो जोखिमका कारण भारतीय नागरिक प्रवेशमा कडाइ गरेको थियो ।



    पछिल्लो समय नाकामा खोप लगाएको या ७२ घण्टाभित्र गरिएको पीसीआर रिपोर्टका आधारमा भारतीयलाई प्रवेश दिन थालिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बताएको छ ।



    कोरोनाका कारण लामो समयदेखि नाका बन्द छ । जसका कारण सीमावर्ती बजारका व्यवसायी धेरै नोक्सान व्यहोर्नुपरेको झापाका व्यवसायीको गुनासो छ। कोरोना विपद् व्यवस्थापन केन्द्र झापाको गत भदौ १० को बैठकले आगामी २० गतेसम्म निषेधाज्ञा जारी राख्ने बताएको थियो ।

    झापाका सीडीओ श्रवणकुमार तिम्सिनाले सीमा क्षेत्रका व्यवसायीले समेत आग्रह गरेपछि व्यावहारिकताका आधारमा भारतीयको प्रवेशलाई खुकुलो पारिएको जानकारी दिए । तर, कोरोना विपद् व्यवस्थापन केन्द्रले भने भारतीयलाई प्रवेश दिने विषयमा आधिकारिक निर्णय नगरेको उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार