Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राप्ती प्रादेशिक अस्पताल :

    मेसु कालोमोसो प्रकरण: आरोपित अनेरास्ववियूका अध्यक्ष परियारद्वारा प्रहरीमा आत्मसमर्पण

    मेसु कालोमोसो प्रकरण: आरोपित अनेरास्ववियूका अध्यक्ष परियारद्वारा प्रहरीमा आत्मसमर्पण

    अनलाइन नेपाल
  • मंगलबार, १५ भाद्र २०७८
  • 1.6K
    SHARES

    बुटवल । राप्ती प्रादेशिक अस्पताल दाङका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेको प्रकरणका आरोपित अनेरास्ववियू दाङका अध्यक्ष सर्जन परियारले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आरोपित अध्यक्ष परियारले मंगलबार आफैं प्रहरीमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन् ।



    चिकित्सकमाथि कालोमोसो दल्ने मुख्य आरोपीत ६ जनामध्ये अहिलेसम्म परियारसहित तीन जना पक्राउ परेका छन् । फरार रहेका तीन जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले बताए ।



    तर, परियारले भने प्रहरीले आफूमाथि लगाएको आरोप झुटो भएको भन्दै हिरासतभित्र भोकहड्ताल गर्ने बताएका छन् ।

    पक्राउ परेकालाई स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ बमोजिम जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा दायर गरिएको दाङका सीडीओ रामबहादुर कुरुम्बाङले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार