Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाली समर्थकहरुसँग माफी माग्न चाहन्छु : प्रशिक्षक अलमुताइरी

    नेपाली समर्थकहरुसँग माफी माग्न चाहन्छु : प्रशिक्षक अलमुताइरी

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले राम्रो खेल प्रदर्शन गरेको भए पनि नतिजा गर्व गर्ज लायक नभएको बताएका छन्। खेलपछि बोल्दै प्रशिक्षक अलमुताइरीले आफूहरुको लक्ष्य खेल जित्नु रहेको र त्यो पूरा नभएको भन्दै नेपाली समर्थकहरुसँग माफी मागे।

    त्यस्तै उनले टिमको लक्ष्य साफ च्याम्पियनसिपको उपाधि जित्नु नै रहेको दोहो¥याएका छन्। ‘मेरो लागि साफ च्याम्पियनसिप सबैभन्दा महत्त्वपूर्ण रहेको छ। त्यसैले हामी अहिले त्यसकै तयारीको क्रममा रहेका छौं,’ उनले भने।



    त्यस्तै अलमुताइरीले खेलमा अझै धेरै सुधार आवश्यक रहेको पनि जानकारी दिए। ‘यदि हामी साफ र एसियन कप छनोटमा राम्रो गर्न चाहन्छौं भने खेलस्तरमा सुधार गर्नुपर्छ,’ उनले भने। भारतीय प्रशिक्षक इगोर स्टिमाकले पनि आफ्नो टिमको प्रदर्शनमा सन्तोष व्यक्त गरेका छन्। खेलको दोस्रो हाफमा आफ्नो टोलीले राम्रो प्रदर्शन गरेको उनले बताए।



    बिहीबार दशरथ रंगशालामा नेपाल र भारतले मैत्रीपूर्ण खेलमा एक–एक गोलको बराबरी गरेका थिए। नेपालले अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको छ। दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार