Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अधुरै रह्यो सिद्धार्थ र शहनाजको विवाह गर्ने सपना !

    अधुरै रह्यो सिद्धार्थ र शहनाजको विवाह गर्ने सपना !

    अनलाइन नेपाल
  • शुक्रबार, १८ भाद्र २०७८
  • 2.3K
    SHARES

    एजेन्सी । बिहीबार दिवंगत भएका बलिउड अभिनेता सिद्धार्थ शुक्लाको शुक्रबार अन्तिम संस्कार गरिएको छ। ४० वर्षे अभिनेताको हृदयघातका कारण घरमा नै निधन भएको थियो।

    उनको निधनले बलिउड स्तब्ध भयो। साथै उनका प्रशंसकहरुमा पनि शोक छायो। परिवार, प्रशंसकहरु र सहकर्मीसँगै उनलाई माया गर्नेहरुको रुवाबासी नै चल्यो। सिद्धार्थको निधनले उनकी पे्रमिका शहनाज गिल सम्हाल्नै नसक्ने अवस्थामा पुगेकी छिन्।



    सञ्चारमाध्यममा उल्लेख गरिए अनुसार सिद्धार्थ लामो समयदेखि शहनाज गिलको प्रेममा थिए। शहनाज सिद्धार्थको घरमा बस्दै आएकी थिइन्।



    टेलिभिजन शो ‘बिग बोस’का प्रतिनिधि अबु मलिकले उनीहरु आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने तयारीमा रहेको खुलाएका छन्। उनका अनुसार सिद्धार्थले यसै वर्षको डिसेम्बरमा शहनाजसँग विवाह गर्ने योजना बनाएका थिए।

    उनीहरुको विवाहका लागि दुवैतर्फका परिवारले तयारी शुरु गरिसकेका थिए। उनीहरुले मुम्बईको होटलमा कोठा बुक गर्नेदेखि लिएर विवाहका लागि चाहिने बेङक्विट तथा अन्य सामाग्री बुक गर्न लागेका थिए। सिद्धार्थ र शहनाज आफ्नो विवाहको कार्यक्रमलाई तीन दिनमा पुरा गर्ने योजनामा थिए।

    को हुन् सिद्धार्थ शुक्ला ?

    १२ डिसेम्बर १९८० मा मुम्बईमा बुबा अशोक शुक्ला र माता रिता सुक्लाका एक्लो छोरोकोरुपमा जन्मेका सिद्धार्थ शुक्लाका दुई दिदीहरु छन्। सामान्य घरमा जन्मेका उनको सानैबाट चलचित्र क्षेत्रतिर निकै लगाब रहेको थियो।

    मोडलिङ गर्दा गर्दै उनका पिताको फोक्सोमा समस्या भएपछि निधन भएको थियो। पिताको निधनपछि सिद्धार्थमा घरको जिम्मेवारी पनि थपिएको थियो। जसका कारण उनले मोडलिङ छोड्ने निर्णय गरेका थिए।

    तर उनकी आमाले यो फिल्ड नछोड्न आग्रह गरेकी थिइन्। सानैबाट खेलमा निकै रुचि राख्ने उनी आफ्नो स्कुलको प्रतिनिधित्व गर्दै इटालियन क्लबमा अण्डर–१९ टोलीबाट फुटबल खेलेका थिए।

    इंटीरियर डिजाइनमा स्नातक डिग्री पूरा गरेपछि उनी खेल जीवनबाट टाढिएका थिए। त्यसपछि सिद्धार्थले एक इन्टीरियर डिजाइनिंग फर्ममा केहि वर्षसम्म काम पनि गरेका थिए। कामपछि परिवारलाई सम्हाल्दै उनी मोडलिङतिर लागे।

    सिद्धार्थ २००४ मा Gladrags Manhunt and Megamodel प्रतियोगितामा उपविजेता भएका थिए। २००५ मा उनले टर्कीमा आयोजित विश्वको सर्वश्रेष्ठ मोडल प्रतियोगितामा भारतको प्रतिनिधित्व गरेर एशिया, ल्याटिन अमेरिका र यूरोप भरिका ४० प्रतियोगीहरुलाई हराउँदै विश्वको उत्कृष्ट मोडल जित्ने पहिलो भारतीय र एशियाली मोडल बने।

    २००८ मा उनले सोनी टिभीमा आस्था चौधरीको अपोजिट टेलिभिजन शो ‘बाबुलका आँगन छुटे ना’मा मुख्य भूमिकाबाट अभिनयमा डेब्यू गरे। त्यससँगै उनले टेलिभिजन सिरियलमा आफ्नो यात्रा सुरु गरेका थिए।

    यसपछि उनले धेरै टिभी शो, रियालिटी शो र म्युजिक भिडियोमा अभिनय गरे। उनले ‘जाने पेहेचान से‘ये अजनबी, सिआइडी, ब्रोकन बट ब्युटीफुल ३, बालिका बधु, दिल से दिल तक, आहट, लव यु जिन्दगीजस्ता चर्चित टिभी शोहरुमा अभिनय गरेका थिए।

    त्यस्तै, शुक्ला फियर फ्याक्टर खतरों के खिलाडीको ७ औं सिजन र बिग बोस सिजन १३ का विजेतासमेत हुन्। उनले सावधान इन्डिया, इन्डियाज गट ट्यालेन्ट सिजन ६ र ७ जस्ता रियालिटी शोको होस्ट समेत गरेका थिए।

    उनी झलक दिख्लाजा डान्स प्रतियोगितामा समेत प्रतियोगीका रूपमा सहभागी भएका थिए। टिभी उद्योगमा सफलता पाएपछि सिद्धार्थ शुक्ला बलिउडतिर पनि लागेका थिए।

    उनले हम्प्टी शर्माकी दुल्हनीँया, बिजिनेस इन कज्जाकिस्तान र शोर्मा जस्ता फिल्ममा समेत अभिनय गरेका छन्। हालै मात्र उनी अभिनित ‘दिलको करार आया’ बोलको गीतले सर्वाधिक चर्चा कमाइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार